|

काठमाडौं : हिउँदयाममा बर्षा गराइ चिसो बनाउने पश्चिमी वायु निष्क्रिय भएसँगै काठमाडौं उपत्यकाको तापक्रम बढ्न थालेको छ। 

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान काठमाडौं उपत्यकाको तापक्रमण १० दशमलव १ डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो तापक्रम २१ डिग्रीसम्म पुग्ने महाशाखाले जानकारी  दिएको छ। 

महाशाखाका अनुसार अहिले बिहान देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहनेछ। 

आज राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.