|

जुम्ला : चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेबी न्यौपाने महत एक-अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएपछि  नगर कार्यपालिकाको बैठक नै अस्तव्यस्त बनेको छ।

यसअघि मंगलबार उपमेयर महतले मेयरका कारण विकास निमार्णमा अनियमितता भएको भन्दै प्रेस विज्ञप्ति निकालेकी थिइन। फेरि, मेयर कान्तिका सेजुवालले पनि बिहीबार पत्रकार सम्मेलन डाक्दै उपमेयरको असहयोगका कारण लगानी सम्मेलन हुन नसकेको बताएकी थिइन्‌। सम्मेलनमार्फत नगर समृद्धिको आशा गरिएपनि उपमेयरले असहयोग गर्दा लगानी सम्मेलन हुन नसकेको उनले दाबी गरेकी छिन्‌। उपप्रमुखको असहयोगका कारण लगानी सम्मेलन अन्तिम चरणमा स्थगित गर्न बाध्य भएको मेयर सेजुवालले बताइन्‌। 

उपमेयर महतले अनियमितता गरेको आरोप लगाएपनि मेयर सेजुवालले आरोप निराधार भएको भन्दै खण्डन गरेकी छिन्‌। उनले नगरवासीका नाममा ध्यानाकर्षण पत्र जारी गर्दै न्यायीक समितिको काम-कारवाहीप्रति कुनै हस्तक्षेप नभएको र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५३ (२) बमोजिम न्यायिक समितिको कामको वार्षिक विवरण मेयर समक्ष उपमेयर न्यौपानेले अहिलेसम्म पेश नगरेको बताइन्।  

उपप्रमुख न्यौपानेले सोलार वितरकलाइ नगरप्रमुख सेजुवालले बचाउन खोजेको र भण्डारीबाडाको सडकका बारेमा परेको उजुरी प्रभावित पार्न खाजेको आरोप लगाएकी छिन्‌। तर मेयर सेजुवालले वैकल्पिक उर्जाबाट सोलार वितरणका क्रममा नागरिकले पाउने अनुदान रकम वितरकबाट फिर्ता भई सकेको, भण्डारीबाडा सडकका सम्बन्धमा न्यायीक समितिले गरेको निर्णयप्रति प्रमुखबाट कुनै हस्तक्षेप नभएको सफाइ पेश गरेकी छिन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.