|

इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला भएको छ। 

इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह हरकत अल-नुजाबाले अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिएको भोलिपल्टै यो आक्रमण भएको हो।  आक्रमणका कारण कति क्षति भयो र  कति रकेट प्रहार गरिएको थियो भन्नेबारेस्पष्ट भएको छैन। 

आक्रमणका बेला ग्रीन जोननजिकै एउटा विमान घुमिरहेको प्रत्यक्षदर्शीले बताएका खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्‌। गत अक्टोबर यता बगदादस्थित अमेरिकी दूतावासमा भएको यो १९औं आक्रमण हो।

हमलाका क्रममा इराकमा तैनाथ ५,२०० अमेरिकी सैनिकलाई निशाना बनाइएको छ। इरानले पछिल्लो पटक यही दूतावासलाई निशाना बनाउँदा अमेरिकाले इरानी सैनिक कमाण्डर जनरल काशिम सुलेमानीलाई हत्या गरेको थियो। यो घटनालगत्तै अमेरिका र इरानबीच युद्धको अवस्था सृजना भएको थियो। 

त्यसपछिका दिनमा अमेरिकाले वाकयुद्ध जारी राखेपनि शैन्य कारबाहीका मामिलामा संयमित रहँदै आएको छ। आफ्ना सैनिक कमाण्डरको हत्याबाट आक्रोशित देखिएको इरानले भने अमेरिकासँग बदला लिएरै छाड्ने दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.