|

काठमाडौं : सिभिल बैंक लिमिटेडले नवलपरासी जिल्लाको सुनवलमा शाखा कार्यालय संचालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमबीच सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले संयुक्त रूपमा सुनवल शाखाको समुद्घाटन गरेका हुन्।

सुनवल शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा नगरप्रमुख थापाले नगरवासीलाई आफूलाई आवश्यक पर्ने  पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गर्नुका साथै आफूसँग सानो सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरे।

उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताबिना आर्थिक समृद्धि सम्भब नहुने बताए।

सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको र यस बैंकको प्रदेश-५ मा यस शाखासमेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेको पनि बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.