समाज

गण्डकीमा ३६ कर्मचारीलाई ११ लाख ५० हजार पुरस्कार

फागुन ४, २०७६

    पर्वत : गण्डकी प्रदेश सरकारले ३६ जना निजामती कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

    प्रदेश स्थापना भएको दुई वर्ष पूरा भई तेस्रो वर्ष सुरु भएको अवसरमा गण्डकी प्रदेश सरकारले विभिन्न विधामा निजामती कर्मचारीलाई सम्मान सहित पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्ष ३६ जना कर्मचारीलाई सम्मान गर्दै उनीहरूलाई कुल ११ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो।

    यस वर्ष सर्वोत्कृष्ट प्रदेश निजामती कर्मचारीको रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव (कानुन)  दलबहादुर अधिकारीलाई सम्मान गर्दै नगद एक लाख रुपैयाँ पुरस्कार दिइएको छ। यस्तै, उत्कृष्ट प्रदेश निजामती कर्मचारी पुरस्कार सामाजिक विकास मन्त्रालय पोखराका औषधि आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख खिमबहादुर खड्का बनेका छन्।

    उनलाई नगद ७५ हजार रुपैयाँले सम्मान गरिएको छ। यस्तै ५० हजार पुरस्कार राशि रहेको प्रदेश निजामती सेवा पुरस्कार  कास्की, पर्वत, म्याग्दी, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपुर र गोरखाका १६ जना कर्मचारीहरूले पाएका छन्।

    यसैगरी, प्रदेश प्रोत्साहन पुरस्कारअन्तर्गत ५० हजार नगद राशिको पुरस्कार कास्की, बागलुङ, लमजुङ, मुस्ताङ, मनाङ, तनहुँ र गोरखा जिल्लाका गरी ११ जना निजामती कर्मचारीहरूले पाएका छन् भने प्रदेश प्रोत्साहन पुरस्कारअन्तर्गत २५ हजार नगद राशिको पुरस्कार कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यरत रहेका ७ जना कर्मचारीलाई प्रदान गरिएको छ।

    को कर्मचारीले कति नगद पाए? (नाम र रकमसहित)

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]