|

हेटौँडा : मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ।  हेटौँडा १९ नेवारपानीबाट भारतीय नम्बर प्लेटको कारको स्पेयर टायरबाट ३३ किलो ६ सय ग्राम लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा १९ नेवारपानीनजिक जे. एच. ०९ ए ८३६१ नम्बरको भारतीय कारलाई रोकी जेकजाँच गर्ने क्रममा उक्त कारको स्पेयर टायरबाट लुकाइछिपाइ ल्याएको ३ किलो  र बीचको सिटमुनि लुकाइ छिपाई ल्याएको ३३ किलो ६ सय ग्राम गरी जम्मा ३३ किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो। गाँजासहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले बताए।

पक्राउ पर्नेमा कार चालक भारत, पश्चिम चम्पारण जिल्ला वेतिया गौरीकोट बस्ने बर्ष ४० को भगवान यादव रहेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.