|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसद भवन परिसर निर्माण कार्यको अनुगमन गरेका छन्। सभामुख सापकोटाले आइतबार सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनको अनुगमन गरेका हुन्।

सभामुख सापकोटाले आयोजना निर्माणको प्रगति देखेर आफू खुसी भएको प्रतिक्रिया दिए। निर्माण कार्य समयभन्दा अगाडि नै सम्पन्न गर्न पनि सभामुख सापकोटाले निर्देशन दिए। निर्माण कार्य समयमै सम्पन्न गरे उच्च मूल्यांकन हुने र आफूले त्यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अहिलेसम्म आयोजनाको निर्माणस्थल घेर्ने काम सकिएको छ। परिसरमा रहेका ३ सय ९० रूखमध्ये ३ सय रूख काट्ने काम पनि सम्पन्न भएको छ। यसैगरी १२ वटा ब्लकमध्ये ६ को लेआउट सम्पन्न भइ जगको कार्य सुरु गरिएको छ। निर्माण स्थलका लागि छुट्टै प्रवेश मार्ग खोलिएको छ भने निर्माण कार्यमा प्रयोग हुने सामग्रीको ल्याव परीक्षणगरी प्रयोगशाला सञ्चालन गरिएको गरिएको छ।

१७३ रोपनी ८ आनामा बनिरहेको नयाँ संसद भवन निर्माणका लागि करिब ६ अर्ब ९२ करोड लागत लाग्ने अनुमान गरिएको छ। तीन वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लग्य राखिएको छ। नयाँ बन्ने संसद भवनमा ४ सय जना सांसद अट्ने प्रतिनिधिसभा हल, प्रतिनिधिसभा हलमै विभिन्न प्राविधिक कक्ष, सभामुख कक्ष, ३०० दर्शक/पत्रकार/आगन्तुक पाहुना अट्ने हल र  सुरक्षा तथा मार्सल रुमअन्तर्गत २०० जना हटाउने कक्ष निर्माण हुने छ।

त्यसैगरी, सयजना सांसद अटाउने राष्ट्रियसभा हल, प्राविधिक कक्ष, राष्ट्रियसभा अध्यक्षको कक्ष, दुई सयजना अट्ने बाल्कोनी र तीन सयजना अट्ने मार्सल हल निर्माण हुनेछ।

यसैगरी अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय/संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समिति भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस/छपाई भनव र ७ सय सवारी साधन पार्कीङ सुरक्षाकर्मी भवन पनि निर्माण हुनेछ। आयोजना आर्थिक वर्ष ०७८/०७९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.