नयाँ दिल्लीले भन्यो : कसैको मध्यस्थता आवश्यक छैन

|

पाकिस्तान भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसले भारत र पाकिस्ताबीच देखिएको तनाव अन्त्य गर्ने युएन चार्टरअनुसार अघि बढ्न भारतलाई सुझाएका छन्। तर भारतले गुटरेसको प्रस्ताव नमान्ने अडान लिएको छ।

राष्ट्रसंघमा यसअघि नै जम्मु–कास्मीरको समस्या जनमत संग्रहबाट टुङ्याउने निर्णय भइसकेको छ। यसो गर्दा पाकिस्तानतर्फको ठूलो भूभाग स्वतन्त्र हुने र अन्ततः पाकिस्तानमै गाभिने भन्दै भारतले राष्ट्रसंघको निर्णयलाई बर्षौंदेखि कार्यान्वयनमा ल्याएको छैन।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भनेका छन्, 'जम्मु–कास्मीर भारतको अभिन्न अङ्ग हो, भारतले आफ्नो अडान छाड्दैन। पाकिस्तान अधिनस्थ कास्मीरका हकमा यो प्रस्ताव लागु हुन सक्छ। यो मामिलामा कसैको मध्यस्थता आवश्यक छैन।' 

राष्ट्रसंघ महासचिव गुटरेसले पाकिस्तानमा आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच संवाद शुरु गराउन पहल गरेको, तर यसका लागि दुवै देश तयार हुनुपर्ने बताएका थिए। 'संवादबाट नै शान्ती र स्थिरता कायम हुन सक्छ,' गुटरेसले भनेका छन्, 'युएन चार्टर र सुरक्षा परिषद्को प्रस्ताव बमोजिम कुटनीतिक संवादमार्फत शान्ती र स्थिरता हासिल गर्न सकिन्छ, यसको पहल लिन राष्ट्रसंघ तयार छ।'

राष्ट्रसंघका महासचिव चुनिएपछि पहिलोपटक पाकिस्तान आएका गुटरेसप्रति लक्षित गर्दै भारतले भारतले भनेको छ, उनले सीमामा पाकिस्तानी पक्षबाट हुने आतंकवादी गतिविधी रोक्न दबाब दिनुपर्छ। 

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले राष्ट्रसंघ प्रमुखसँग कास्मीरबारे विस्तृतमा कुराकानी भएको बताएका छन्। उनले भने, गत बर्षको अगस्ट पाँचका दिन भारतले एकतर्फी निर्णय गर्दै जम्मु–कास्मीरको विशेष दर्जा खारेज गरिदिएको थियो, कास्मीरमा अझैसम्म यसको असर कायम छ, जनजीवन अझै सामान्य भइसकेको छैन। 

अन्तर्राष्ट्रिय शरणार्थी सम्मेलनका लागि राष्ट्रसंघ प्रमुख पाकिस्तान भ्रमणमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.