|

काठमाडौं : बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला आज हुने भएको छ।

हिजो (आइतबार) नै फैसला हुने भनिएपछि हेर्दाहेर्दै राखिएको मुद्दाको फैसला आज हुने भएको हो। जिल्ला अदालत काठमाडौंमा हिजो दुवै पक्षको बहस सकिइसकेको छ।

तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। 

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.