|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका  संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले शिष्टचार भेटवार्ता गरे।

नेपालको चार दिने भ्रमणका लागि शनिबार आइपुगेका सेनाध्यक्ष स्मिथले  प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाध्यक्ष स्मिथले टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरे। उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.