|

काठमाडौं : ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिइएको छ।

पूर्वमेयर बेखारत्न शाक्यको निधनमा ललितपुर महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो। शाक्यको हिजो आइतबार ८९ वर्षको उमेरमा निधन भएको थियो। नेपालमा २०४७ सालको परिवर्तनपछि पहिलोपटक ललितपुरको मेयरमा निर्वाचित भएका शाक्य आधुनिक ललितपुरका योजनाकार पनि थिए।

मेयरको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका थिए। महानगरले एक सूचना निकाल्दै १ देखि २९ सबै वडाका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.