काठमाडौं : जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ।
गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित हुने भएको छ।
संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वत: निलम्बित थिए। बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए।
तीन वर्षभन्दा बढी सजाय तोकिने फौजदारी मुद्दा चलेपछि स्वत: निलम्बित उनको सांसद पद र सेवासुविधा पनि फुकुवा हुनेछ। अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुन: संसदमा प्रवेश गर्न पाउनेछन्।
महराविरुद्ध जवरजस्ती करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्षसहित साढे ७ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।