|

काठमाडौं : नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेपछि तुम्बाहाङफेले कानुन मन्त्रालयको जिम्मेवारी पाएकी हुन्।

कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनीयताको शपथसमेत लिएर सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार ग्रहण गरेकी छन्।

उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको कानुन मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको थिए।

सभामुखको दाबी गर्दै आएकी तुङ्बाहाङ्फेलाई राजीनामा दिन लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ। उपसभामुख पद भने अहिले खाली रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.