|

काठमाडौं : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएको बताएकी छन्। 

पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताएकी हुन्। 

उपसभामुखबाट राजीनामा दिएपछि कानून मन्त्रालय दिने योजना सहमति भएको थियो? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले कुनै योजनावद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताएकी हुन्। 

‘यो लिने दिने चिज होइन् । यो आवश्यकता हो । आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उनले ठट्यौली शैलीमा भनिन्। तुम्बाहाङ्फेले अहिले मातृसत्ता-पितृसत्ताबारे बहस नगर्ने बताउँदै परिआए त्यसबारे छलफल गर्ने उल्लेख गरिन्। 

उपसभामुख पदमा रहेका काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा सिस्टम बसालेर आफु बाहिरिएको बताइन्। 

'गत माघमा राजीनामा दिँदै गर्दा आफुले युटर्न गर्छु भनेको थिएँ', उनले भनिन्, 'त्यसै अनुसार मन्त्रालयको जिम्मेवारीमा आए।'

उनले यो जिम्मेवारी काम गर्नैका लागि लिएको बताइन्। ‘जिम्मेवारी निर्वाह गर्दा फिल्डभित्र बसेर काम गर्दा प्रभाव हुन्छ भनेर नै जिम्मेवारी सम्हालेको हुँ’, उनले भनिन्। तुम्बाहाङ्फेले सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएकी हुन्। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.