|

काठमाडौं : पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ।

ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए। 

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.