|

भक्तपुर : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिन्छु भनी रकम असुली गरेर ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई काठमाडौं शंखमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। केशवलाई सोमबार नियन्त्रणमा लिइएको हो।

उनले भक्तपुरको राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा लाइसेन्सको ट्रायल परीक्षा दिन आएका व्यक्तिसँग लाइसेन्स बनाई दिन्छु भनी रकम असुल्दै आएको प्रहरी दाबी गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.