|

काठमाडौं : महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा शोभायात्रा गरिएको छ। यस वर्षको शिवरात्रि अन्य वर्ष भन्दा फरक तरिकाले मनाउने गरी प्रचार प्रसार गरिरहेको पशुपति विकास कोषले जनाएको छ।

नेपाल भ्रमण वर्षसँग जोडेर महाशिवरात्रिलाई भव्य रूपमा मनाउने योजना अनुसार मंगलबार शोभा यात्रा गरिएको हो। महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोष अधिकारीले बताए। कोषले बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभायात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर,गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो।

यात्रामा साधुसन्त, महन्त, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यान्ड टोलीको पनि सहभागिता थियो। यसैगरी कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्रि मूल समारोह समारोह समितिलगायतको सहभागिता थियो। 

पशुपति क्षेत्रमा भारतबाट शिवरात्रीको लागि बाबाहरु पनि आइसकेका छन। गौशाला क्षेत्रका अधिकांश होटल पनि बुक भइसकेका होटल व्यावसायीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.