|
फाइल तस्बिर

कोरोना भाइरसको संक्रमण बढ्दाको असर चीनका साथै भारतमा पनि देखिन लागेको छ। ब्लूमबर्गको रिपोर्टका अनुसार कोरोना भाइरसको असरका कारण चीनबाट सप्लाइ बन्द हुँदा भारतमा प्यारासिटामोल औषधिको मूल्य ४० प्रतिशत बढेको छ।

जायडस क्याडिलाका चेयरम्यान पंकज आर पटेलले बताएअनुसार ब्याक्टेरिया इन्फेक्सनको उपचारमा प्रयोग एन्टिबायोटिक एजिथ्रोमाइसिनको मूल्य पनि ७० प्रतिशत बढेको छ। आगामी महिनाबाट यी सामग्रीको सप्लाइ सुरु भएन भने पूरै फार्मा इन्डस्ट्रीमा इन्गिडिएन्ट्समा कमी आउन सक्ने पटेलले बताए।

एक्टिव फार्मास्यूटिकल्स इन्ग्रिडिएन्ट्स (एपिआइ)को आयातमा भात चीनमा परनिर्भरता बढी छ। कुने पनि औषधि बनाउनका लागि एपिआइ सबैभन्दा महत्त्वपूर्ण कम्पोनेन्ट हुन्। डायरेक्ट्रेट जनरल अफ कमर्शियल इन्टेलिजेन्स एन्ड स्ट्यस्टिक्सका अनुसार २०१६/०१७ मा भारतले यो एपिआइ सेगमेन्टमा १९,६५३ करोड भारुको आयात गरेको थियो। यसमा चीनको ६६.६९ प्रतिशत हिस्सा छ। सन् २०१७/०१८ मा भारतको आयात २१,४८१करोड भारु रहेको छ र यसमा ६८.३६ प्रतिशत चीनबाट आयात भएको छ। सन् २०१८/०१९ मा एपिआइ र बल्क ड्रग आयात २५,५५२ करोड पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.