|

डोल्पा : हिमाली जिल्ला डोल्पाका दुइटा विद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक सहयोग गरेको छ। ठूलीभेरी नगरपालिका-३ मा पर्ने सरस्वती माध्यामिक विद्यालय र मुकुटेश्वर अपाङ्ग सेवा समाजअन्तर्गतको अपाङ्ग स्रोत कक्षा विद्यालयलाई बैंकले आर्थिक सहयोग गरेको हो।

सरस्वती माध्यामिक विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दै बैंकले सामाजिक उत्तरदायित्व बहन कार्यक्रममार्फत प्रत्येक विद्यालयलाई पचास हजारका दरले एक लाख रकम चेकमार्फत सहयोग गरिएको सिटिजन्स बैंक इन्टरनेसनलका दुनै शाखाका प्रबन्धक नवीन बोहोराले जानकारी दिए।

शाखा प्रबन्धक बोहोराले देशको अर्थतन्त्रमा सिटिजन्स बैंक इन्टरनेसनलले ठूलो योगदान पुर्‍याएको बताउँदै बैंकले नाफा मात्रै नहेरेर प्रत्येक वर्ष सामाजिक काम पनि गर्दै आएको बताए।

आर्थिक अभावका कारण अध्ययनरत तीसजना अपाङ्ग तथा बहिरा विद्यार्थीलाई विद्यालय पोसाक, किताब कापीलगायतका सामग्री खरिद गर्न नसकिएको अवस्थामा बैंकको सहयोगले ठूलो राहत महशुस गरेको मुकुटेश्वर अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्रमान रोकायले बताए।

यसैगरि, सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले बैंकले सहयोग गरेको रकमबाट विद्यालयमा आवश्यक खेलकुद र सांगीतिक क्षेत्रमा काम लाग्ने सामग्री खरिद गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.