|

गोरखा : नेत्र विक्रम चन्द 'विप्लव' समूहको गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजना रिहा भएका छन्।

पूर्वजनसरकार प्रमुख विष्णु रिजाल र समूहका जिल्ला सदस्य तथा किसान संगठनका अध्यक्ष रोहित पन्तलाई रिहा गरिएका जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए।

विप्लव समूहको गतिविधि परित्याग गरी राजनीतिक गतिविधिमा नलाग्ने प्रतिबद्धतापछि सोमबार रिहा गरिएको एसपी अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.