|

शिक्षाको क्षेत्रमा भारत सरकारद्वारा अनुदान प्रदान गरिएका भूकम्पपछिको पुनर्निर्माण परियोजनामा कार्यान्वयन कार्यशाला भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्पपछि विद्यालय एवम्अन्य शैक्षिक संरचनाको पुनर्निर्माणबारे मंगलबार कार्यशाला गरेको छ।

नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँग सहकार्य गरी कार्यशालाको गरिएको हो। कार्यशालामा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का अधिकारीहरु, ठेकेदारहरु ,साइट इन्जिनियरहरु लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति थियो। 

निर्माणमा उत्कृष्ट गुणस्तरता प्राप्त गर्न परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङ्ग समेट्दै परियोजनाको प्रभावकारी कार्यान्वयनका निमिक्त मार्ग प्रशस्त गर्न कार्यशालाको आयोजना गरिएको हो।

परियोजनाका पूर्व निर्माण, निर्माण र निर्माणपश्चातका सबै चरणहरुमा सुरुदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य रहेको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेल, उप-आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवम्भारतीय राजदूतावासका वरिष्ठ अधिकारीको कार्यक्रममा उपस्थिति थियो।

शिक्षा क्षेत्रमा भूकम्पपछि भारत सरकारले ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पुर्‍याइरहेको जनाएको छ।

केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले नेपालका सात जिल्लाहरु (गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक) मा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको छ। 

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद अन्तर्गत केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्की एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो। आवास योजना, निर्माण सामग्री, संरचना, जग निर्माण तथा विपद न्यूनीकरण जस्ता क्षेत्रमा अनुसन्धान गर्ने एक शीर्षस्थ संस्था भएको बताइएको छ।

विपद उत्थानशील पुनर्निर्माणमा नेपाल सरकारको नीति निर्देशन अनुसार शैक्षिक संरचनाहरुको पुनर्निर्माण र प्रवलीकरण केन्द्रीय भवन अनुसन्धान संस्थानले शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग काम गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.