जिल्लातिर शीर्ष नेता, एकताको बाँकी काम रोकियो

|
फाइल फोटो

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी एकता भएको दुई वर्ष पुग्न लाग्यो। तर, अझै पार्टी एकताको टुंगोमा पुग्न सकेको छैन।

पुस अन्तिममा बसेको स्थायी कमिटीको बैठकले एकताको बाँकी काम १५ दिनभित्र सक्ने निर्णय गर्‍यो। तर, त्यो समयमा पनि गर्न सकेन। 

स्थायी कमिटीको बैठकपछि केही सातामै पार्टी एकतापछिको पहिलो केन्द्रीय कमिटीको बैठक बस्यो। केन्द्रीय कमिटीको बैठकले पनि फेरि १५ दिनभित्रै पार्टी एकताको बाँकी काम सक्ने निर्णय गर्‍यो। तर, अहिले केन्द्रीय कमिटीले तोकेको १५ दिनपनि बितिसक्कको छ। 

यद्यपि, केन्द्रीय कमिटीको बैठकको निर्णय सुनाउने क्रममा नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकले तोकेको मितिमा एकताको बाँकी काम १५ दिनभित्र सक्ने जिकिर गरेका थिए। 

‘पार्टीको शीर्ष नेताहरुको कार्य व्यस्तताका कारण केही समय ढिला भएको हो। एकताको बाँकी काम अन्तिम चरणमा पुगको छ’, प्रवक्ता श्रेष्ठले भने। पार्टी एकताको बाँकी प्रक्रियाको लागि प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तिम गृहकार्यमा रहेको उनको बताए। 

२०७३ साल जेठ ३ गतेबाट दुई ठूला कम्युनिष्ट पार्टी मिले पनि केही संगठन र आयोगका पदधिकारी टुङ्गोमा पुर्‍याउन नसक्दा एकता प्रक्रियामा ‘हात्ती छिर्यो, पुच्छर अड्कियो’ भन्‍ने उखान टुक्कासँग मेल खान पुगेको छ। पार्टी एकताको करिब दुई वर्षसम्म एकताको बाँकी काम नसकिएको हो।  

के टुंगिए, के बाँकी छन्? 

दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन एमाले र माओवादीबीचको पार्टी एकतापछि केन्द्रीय विभाग, आयोग, जनवर्गीय संगठन मोर्चाको केन्द्रीय तहकै एकताकाका कामहरु अझै टुंगोमा पुर्‍याइएको छैन।

नेकपाले उपत्यका विशेष कमिटीका लागि सदस्यको नाम सिफारिस गरेर सचिवालयमा पठाएको छ। तर, सचिवालयले त्यस बिषयमा निर्णय लिन सकेको छैन। उपत्यका, प्रदेशका केही जिल्लाले भन्दा पार्टी कमिटीको काम सकिएको छैन। केन्द्रीय विभागअन्तर्गत प्रमुख र उपप्रमुखको निधो भए पनि सदस्यहरु अझै चयन गर्न सकेको छैन। 

स्कुल, विदेश मामिला, स्थानीय तह, कानुन न्याय तथा मानवअधिकार, सामान्य प्रशासन र अर्थ तथा योजना विभागका लागि नाम भने नाम सिफारिस भएको छ। 

पार्टी एकतापछि झण्डै दुई वर्ष पुग्‍न लाग्दासमेत नेतृत्वले पार्टी सदस्य र संगठित सदस्यहरुको संख्या बटुल्न सकेको छैन।संगठन विभाग प्रमुख वामदेव गौतमले अब तीव्र गतिमा संगठन बढाउने महिनौँ भयो तर कुनै कामा अघि बढेको छैन।

सदस्यहरुको अभिलेख अध्यावधिक, नवीकरण गर्ने लगायतको कामलाई तिव्रता दिने केन्द्रीय कमिटीको बैठकको निर्णय भएपनि त्यसअनुसार अझै चल्न सकेको छैन। पार्टीभित्र केही स्थानमा केन्द्रीय कमिटी सदस्य मनोनयन, पोलिटब्युरो गठनको काम पनि बाँकी छन्। 

पार्टीको अनुसाशासन, केन्द्रीय लेखापरीक्षण, केन्द्रीय निर्वाचन, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको मात्रै पदाधिकारी चयन भएका छन्। 

कार्य व्यस्तताले लम्बियो 

पार्टी एकिकरणको बाँकी काम सक्नको लागि पार्टीको शिर्ष नेताहरुको कार्यवयस्ताको कारणले ढिलाई भएको प्रवक्ता श्रेष्ठको भनाई छ।

‘चैतको १ गतेदेखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालनको तयारी भइरहेको छ’, उनले भने। 

अभियानपछि आगामी वर्षको भदौदेखि मंसीरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन गर्ने तयारी भएकाले शीर्ष नेताहरुको ध्यान त्यसतर्फ केन्द्रित भएको उनको भनाई छ। नेकपाको केन्द्रीय कमिटीको बैठकले ०७७ चैत अन्तिममा महाधिवेशन गर्ने मिति तय गरेको छ। 

‘शीर्ष नेताहरुको कार्यव्यस्तताले एकताको बाँकी काममा केही ढिलाई भएको हो। तर, अब छिट्टै पार्टी एकताले पूर्णता पाउँछ’, नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङले भने, ‘पार्टीको विशेष अभियानमा शीर्ष नेताहरु जुट्दा समय लागेको हो। अब त्यसको समाधान निस्कन्छ।’

पार्टी अध्यक्षद्वय र महासचिवले पार्टी एकतालाई पूर्णता दिन छलफलकै क्रममा रहेको हुनाले तत्तकालै एकताको काम सकिने उनको भनाई छ। 

जिल्ला दौडाहामा शीर्ष नेता

यतिबेला नेकपाको शीर्ष नेताहरु जिल्ला दौडमा रहेको छन्। आगामी चैत १ गतेदेखि सुरु हुने प्रदेशहरुको विशेष अभियानका लागि पार्टीको शीर्ष नेताहरु जिल्ला दौडमा छन्। बाँकेको कोहलपुरमा औपचारिक कार्यक्रम गरी अभियानको सुरु गरिएको छ।

जिल्ला दौडको क्रममा प्रधानमन्त्री ओली गृहजिल्ला झापा पुगेका थिए। अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायत शीर्ष नेताहरु बाँके पुगेका थिए।

एकताको सन्देश स्थानीय जनस्तरसम्म लैजाने उदेश्यले नेकपाल आगामी चैत १ गते देखि प्रदेश स्तरीय अभियान सुरु गर्न लागको हो। अभियानको अवधिभर बैठक, प्रशिक्षण र सभा गर्ने नेकपाको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.