|

रौतहट : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रौतहटको मौलापुरमा रहेको पुरातात्विक महत्व बोकेको कर्नाटकालिन महादेवको विषेश पूजा गरेकी छन्। विशेष पुजाआजापछि उनले भ्रमण वर्षको सन्दर्भ पारेर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर मौलापुर नगरपालिकालले मधानी महायज्ञको उद्घाटन गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले आरध्ये देव शिवको पूजाआजा गरी लिला प्रदर्शन गर्ने यस पवित्र धर्तीलाई पूजन गरि सम्मान गर्ने यहाँको ऐतिहासिक मौलिक परम्परालाई महायज्ञले थप उर्जागर गरेको उनले बताउँदै विविध जातजातिबीच एकता र सहिष्णुताको बलियो जगमा विकसित यस क्षेत्रले हाम्रो सांस्कृतिक गौरवलाई माथि उठाएको उल्लेख गरिन्।

नेपाल सरकारले तराईको विकासलाई उच्च प्राथमिकता दिँदै हुलाकी मार्गको कार्य सम्पन्न गर्ने, आधुनिक एकीकृत बस्ती विकास गर्ने, जनता आवास कार्यक्रम सुदृढ गर्ने, स्वास्थ्य केन्द्र प्रवर्द्धन पार्ने, शान्ति सुरक्षा थप सुदृढ गर्ने र पर्यटन विकास गर्ने निश्चित लक्ष्य लिएर अघि बढेको बताउँदै उनले सरकारको महत्व र गौरवको योजनामा काठमाडौं द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमान स्थल रहेका बताइन्।

बाह्य पार्यटक आउनलाई यी दुबै योजना सम्पन्न भएपछि सहज हुने उनले बताइन्। प्रदेश सरकारले उत्पादन वृद्धि र पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने भन्दै उनले कृषि उपजका लागि प्रदेश-२ को उर्वर भूमिलाई प्रदेश सरकारले प्रथामिकता राखेर माछापालनमा जोड दिनु पर्ने बताइन्। तालतलैयाको संरक्षण नहुनु, बढदो वन विनाश र प्राकृतिक दोहनलगायत जलवायु परिवर्तनका कारण बर्सेनि धनजनको क्षति हुने गरेको प्रति दुःख व्यक्त गर्दै उनले चुरे संरक्षण र तटबन्धको कार्यमा सरकारले जोड दिनुपर्ने बताइन।

राष्ट्रिपति भण्डारीले प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियानको प्रशंसा गर्दै छोरी शिक्षा प्रभावकारी रहेको उल्लेख गरिन्। दाइजो, बोक्सी प्रथा र महिला हिंसा समाजमा अझै कायम रहेकाले यस्तो समाजिक कूरीति हुनु दुःखद् रहेको उनले बताइन्।

कार्यक्रममा प्रदेश-२ का मुख्यमन्त्री लालवबावु राउतले महिलालाई आर्थिक तथा प्रशासनिक गतिविधिमा नपुर्‍याएमा समृद्ध प्रदेश नहुने बताए। छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहले तीन लाख थपेर ६ लाख बनाउन सुझाव दिए। २० वर्षमा एक छोरीको खातामा २० लाख पुर्‍याउने योजना रहेको उनले सुनाए।

प्रदेश सरकारले दालित सशक्तीकरण विधेयक, ऐन बनाई सकेको बताए। जातीय छुवाछूत भावनालाई परिवर्तन र सुधार ल्याउन विधेयकलाई प्रथामिकता दिएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.