जनकपुरधाम : प्रदेश २ सरकारले पनि प्रजातन्त्र दिवस मनाएको छ। मधेस भवनमा एक समारोहको आयोजना गरी ७० औं प्रजातन्त्र दिवस प्रदेश सरकारले मनाएको हो।
समारोहमा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथिको आसनबाट झण्डोतोलन गरे। प्रमुख परियार, मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुसहितले मधेस भवनमै बृक्षारोपन समेत गरेका छन्।
मुख्यमन्त्री राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताए। उनले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि बलिदानी दिएका सयौं वीर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका योद्धाहरुप्रति सम्मान प्रकट गरे।
उनले लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आइ सकेको अवस्थामा शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पूरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको बताए। उनले इमान्दारिताका साथ काम गर्नु आजको आवश्यका रहेको औल्याए। मुख्यमन्त्री राउतले विभिन्न आन्दोलनको क्रममा लगाईका झुठा मुद्दाका कारण जेल जिवन यापन गरिरहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारसंग आग्रह समेत गरे।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, जनकपुरधाम उपमहानगरका उपप्रमुख रिता मिश्रसहितको उपस्थिति रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।