|

डोटी : डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समुहले आगजनी गरिएको छ। 

सायल गाउँपालिका वडा नं. १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिप सिं देउवाले जानकारी दिएका छन्।

गाउँपालिकामा काटिएको शाखाबाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको स्काभेटरमा मध्यरातमा आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए।  गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।  एकै समयमा दुई वटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित विप्लब नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान काटिएको छ।  

प्रतिबन्धित नेकपाका डोटी इञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन्। हामी प्रति आशंका गर्ने गरी अरु कसैले गरेको षड्यन्त्र  गरेको हुन सक्ने आरोप लगाएका छन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.