|

पर्वत : गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो।

गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा ९ हजार ७ सय ६० रुपैयाँ थप गरेर ७० हजार ७ सय ३० रुपैयाँ बनाइएको छ। यस्तै, ६ जना मन्त्रीहरूले पाउँदै आएको ५२ हजारमा ८ हजार ३ सय २० रुपैयाँ थप गरेर ६० हजार ३ सय २०, २ जना राज्य मन्त्रीले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरेर ५६ हजार ८ सय ४०, २ जना सहायक मन्त्रीहरूले पाउँदै आएको ४७ हजारमा ७ हजार ५ सय २० थप गरेर ५४ हजार ५ सय २० रुपैयाँ बनाइएको छ।

यस्तै, प्रदेशसभाका पदाधिकारीहरू अन्तर्गत सभामुखले पाउँदै आएको ५३ हजारमा ८ हजार ४ सय ८० रुपैयाँ थपेर ६१ हजार ४ सय ८०, विपक्षी दलको नेता र उपसभामुखले पाउँदै आएको ५० हजारमा ८ हजार थप गरेर ५८ हजार पुर्‍याइएको छ।

त्यस्तै, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरी ५६ हजार ८ सय ४०, विभिन्न चार वटा समितिका सभापतिहरूले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरी ५६ हजार ८ सय ४०, दलका सचेतक २ जनाले पाउँदै आएको ४७ हजारमा ७ हजार ५ सय २० रुपैयाँ थप गरी ५४ हजार ५ सय २० र ४२ जना सदस्यहरूले पाउँदै आएको ४५ हजारमा ७ हजार २ सय रुपैयाँ थप गरेर ५२ हजार २ सय रुपैयाँ बनाइएको छ।

बढेको तलब चालु आर्थिक वर्षको गएको साउन महिनादेखि नै लागू गरिने भएको छ। यससँगै गण्डकी प्रदेशमा वार्षिक ५७ लाख ५२ हजार रुपैयाँभन्दा बढी रकम तलबमा खर्च हुने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.