|

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका कार्यालयमा बिहीबार स्थानीय बासिन्दाले ढुंगामुढा गरेका छन्।

आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउपछि रिहा भएकी महाकाली नगरपालिका-६ का सुशीला थापालाई कार्वाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेका हुन्।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापालाई कार्वाहीको दायरामा ल्याउनु पर्नेमा छोडेको आरोप लगाउँदै स्थानीयले प्रहरी कार्यालय घेराउका साथै तोडफोड गरेका छन्।

नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल तोडफोड गरिएको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।

इलाका प्रहरी कार्यालय दोधारा-चाँदनीका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले स्थानीयले गरेको ढुंगामुढाबाट कार्यालयको साइन बोर्डमा क्षति पुगेको बताए।

उनका अनुसार छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुटेकी थिइन्। थापा बुधबार धरौटीमा रिहा भएकी थिइन्।

महाकाली नगरपालिका-६ का २१ वर्षीय शंकर थापा आफ्नै घरनजिकै घाँस राख्न बनाएको झुपडीमा केही दिनअघि झुण्डिएको अवस्थामा भेटिएका थिए।

सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा-चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.