बाँस्कोटाको बार्गेनिङ छानविन हुनुपर्छ

|

पर्सा : नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेसमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन्। शुक्रबार वीरगन्जका सञ्‍चारकर्मीसामु उनले यस्तो बताएका हुन्।

'कांग्रेस व्यक्तिवादी स्वतन्त्रतालाई मान्ने पार्टी भएको कारण पार्टीभित्र बढी स्वतन्त्रता हुँदा ‘व्यक्तिवादी प्रवृत्ति हाबी भयो' उनले भने। पार्टीकै कार्यकर्ता पंक्तिबाट खबरदारी हुँदा विस्तारै आन्तरिक समस्या मत्थर हुँदै जाँदै छ।

अब पार्टीभित्रको समस्या निरूपण गरी वर्तमान सरकारका गलत कार्यविरुद्ध सदन र सडकमा कार्यक्रम लिएर जाने पनि नेता महतले बताए। वर्तमान सरकारले जनविश्वासअनुसार काम गर्न नसक्दा यत्रो करको दर बढाएर पनि राजश्व संकलन घटेको, बेरोजगारी बढेको, उद्योगको आन्तरिक उत्पादन घटेको उनको जिकिर छ।

सरकारले संस्थागत भ्रष्टाचार गर्‍यो

केपी ओली नेतृत्वको सरकारका प्रवक्तासमेत रहेका निवर्तमान सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको सन्दर्भ जोड्दै उनले यो सरकारले संस्थागत भ्रष्टाचार गरेको दाबी गर्न चुकेनन्। त्यसैको एउटा उदाहरण मात्र सतहमा आएको भन्दै उनले प्रम ओलीले नै यसको विषयमा प्रष्टीकरण दिनुपर्ने बताए। बाँस्कोटा एक्लैले यत्रो बार्गेनिङ गर्ने कुरा हुँदैन। वर्तमान सरकार नै संस्थागत भष्टाचार, जनविरोधी क्रियाकलाप र त्यसको विरोध गर्नेविरुद्ध दमनमा उत्रेको छ नेता महतले दाबी गरे।

फकर अर्को प्रसंगमा नेता महतले मुलुकभित्र उद्योगधन्दा फष्टाउने गरी वर्तमान सरकारले काम गर्न नसकेको पनि बताए। कच्चा पदार्थ आयातमा ह्रास आउँदा आयात मूल्य घटेको छ। मुलुकभित्र उत्पादन बढेर आयात मूल्य घटेको होइन उनले भने।

 अस्थिर राजनीतिक परिवेशबाट स्थिर राजनीतिक परिवेशमा मुलुक आउँदा ह्वात्तै आर्थिक बृद्धिदर दुई अंकमा आउनुपर्थ्‍यो तर कम्युनिष्ट नेतृत्वको झण्डै दुई तिहाइको सरकारको कारण बल्ल ६ अंक मात्र बृद्धिदर हुनु विडम्बना हो उनले थपे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.