|

नयाँ दिल्ली : कोरोना भाइरसबाट चीनमा अहिलेसम्म २३ सय जनाको ज्यान गइसकेको छ। गत डिसेम्बरबाट फैलिएको यो भाइरबाट चीनको हिवेई प्रान्त सबैभन्दा प्रभावित छ। 

कोरोना भाइरसका कारण चीनमा रहेका कयौँ देशका नागरिक फसेका छन्। भारत वुहान सहरबाट भारतीयीलाई लिनका लागि वायुसेनाको विमान पठाएको छ। 

तर अहिलेसम्म चिनियाँ अधिकारीहरुले विमानलाई उडान अनुमति नदिँदा उहीँ अड्किएको छ। भारतीय अधिकारीका अनुसार विश्वका कयौँ देशले आफ्ना नागरिकको उद्धारका लागि विमान पठाइरहेका छन्।

ती सबै देशका जहाज उड्न चीनले अनुमति दिइरहेको छ। तर भारतीयको उद्धारमा पुगेको जहाजलाई हुवानबाट उड्नै नदिइएको हो। यसलाई चीनले भारतबाट मद्दत लिन नचाहेको रुपमा बुझिएको छ।

भारतीय अधिकारीका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति शी जिनपिङ्गलाई पत्र लेखेर यस आपतमा चिनियाँ सरकार र जनताको साथमा रहने जनाउँदै हरसम्भव मद्दत गर्न तयार भएको उल्लेख गरेका थिए।

अहिलेसम्म २३ सयको मृत्यु

नोवल कोरोना भाइरस (कोभिड-१९) बाट अहिलेसम्म २३ सय ४५ जनाको ज्यान गइसकेको छ। शुक्रवार १०९ जनाको मृत्यु भएको छ। ३९७ नयाँ संक्रमित भेटिएका छन्। 

अहिलेसम्म ७६ हजार २८८ जना मानिसमा कोरोना भाइरस पुष्टि भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को १२ सदस्यीय टिम चीन पुगेको छ। यसले अब कोरोना भाइरसको मामिला जाँच गर्नेछ। यो टिमले कोरोना भाइरस फैलिनुको कारणबारे पनि अनुसन्धान गर्ने भएको छ। यो टोलीले कोरोनाबाट सबैभन्दा प्रभावित वुहानको पनि भ्रमण गर्नेछ।

शुरुवातमा यो टिमलाई केवल बेइजिङ, गुआङ्गडन्ग र सिचुआन जाने अनुमति मिलेको थियो। हुबेई र उसको राजधानी वुहान सूचीमा थिएन। अहिलेसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित २० हजार ६५९ मानिस अस्पतालबाट घर फर्किइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.