भक्तपुर : अश्लिल भिडियो बनाएको अभियोगमा सूर्यबिनायक नगरपालिका-५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका-६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, त्यही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यसबारेमा अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।