|

डडेल्धुरा : डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एकजनालाई कारागार चलान गरिएको छ।

आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक-पटक जबरजस्तीकरणी गरेको आरोपमा ती पुरुष जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

विगत ६ महिनादेखि जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.