|

चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ भएको चिनियाँ राष्ट्रपति सि जिन पिङले आइतबार बताए।

चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति सफल भएसँगै सन् १९४९ मा कम्युनिष्ट शासन सुरू भएको थियो। सङ्क्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ संकेत गरे।  उनले भने, 'चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी हुनेछ।'

चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सिसिटीभीले प्रशारण गरेको रिपोर्टमा बताइए अनुसार सीले भने, 'कोभिड–१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाई भएका हो। 

'यो हाम्रा लागि एउटा संकट अनि ठूलो परीक्षण हो,' उनले भने। चीनमा कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको संख्या चीनमा मात्रै दुई हजार ४०० पुगेको र मुख्य भूमि चीनमा ७७ हजार भन्दा बढीमा उक्त भाइरसको संक्रमणको पुष्टि भएपछि चिनियाँ राष्ट्रपति सी जिन पिङको यो प्रतिक्रिया आएको छ। यसैबीच चीनमा भने कोरोना भाइरस संक्रमणका नयाँ विरामीको सङ्ख्यामा पछिल्ला केही दिन यता घट्दो क्रममा देखिएको छ। 

राष्ट्रपति सीले आइतबार पहिलो पटक कोरोना भाइरस संक्रमणको महामारीले ‘निश्चित रूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताए। यद्यपि यसको असर ‘छोटो समयका लागि रहने अर्थात् यसको नियन्त्रण सम्भव’ भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.