|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच समसामयिक राजनीतिक घटनामा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

आइतबार राष्ट्रियसभाका उम्मेदवारलाई प्रधानमन्त्री बनाउन समिति गठनपश्चात नेकपाभित्र र बाहिर तरंग आएपछि दुई अध्यक्षबीच  उक्त विषयमा छलफल भएको स्रोतले जानकारी दियो।

वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याई प्रधानमन्त्री बनाउने भन्दै आइतबार मात्र नेता माधव नेपालको संयोजकमा नेकपालले तीन सदस्य समिति गठन गरेको थियो।

संविधानमा चुनावमा पराजित हुनेहरूले प्रधानमन्त्री बन्न नपाउने व्‍यवस्था रहेकोले संविधान संशोधन गरी गौतमलाई प्रधानमन्त्री बनाउने खेल नेकपाभित्र रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.