पार्टीभित्रको विवाद सम्याउने कसरत

|

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’बीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो। 

समसामयिक राजनीतिक विषयमा केन्द्रीय रहेर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले थाहाखबरलाई जानकारी दिए। 

संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन समिति गठनपश्चात् नेकपाभित्र र बाहिर तरंग पैदा भएको छ। 

वामदेव गौतमलाई राष्ट्रियसभाबाट प्रधानमन्त्री बनाउने रणनीतिको साथ सचिवालयको बैठकले संविधान संशोधन कार्यदलसमेत गठन गरेको छ। नेता माधव नेपालको संयोजकमा नेकपालले तीन सदस्य समिति गठन गरेको थियो। नेता नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको छ। 

तर, व्यक्तिलाई लिइएर संविधान संशोधन गर्ने प्रस्ताव लगेपछि नेकपाभित्र विवादले जरो गाडेको छ। यसअघि पनि गौतमलाई पार्टी उपाध्यक्षमा ल्याउनका लागि पार्टीको विधान समेत संशोधन गरेको थियो। 

नेकपाभित्र पछिल्लो समय संविधान संशोधन, बाँस्कोटाको कमिसनको अडियो प्रकरण, अमेरिकी परियोजना एमसिसी, प्रधानमन्त्री ओलीले जन्मदिनमा आचारसंहिता विपरित मनाएको लगायतको बिषयलाई लिएर चौतर्फि आलोचना भइरहेको छ। 

सोमबार भएको ओली र दाहालबीचको भेटवार्तामा पार्टीभित्र विवादमा रहेको यीनै बिषयमा केन्द्रीत रहेर छलफल भएको बालुवाटार स्रोतले जनायो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.