|

क्‍वालालाम्पुर : मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। महाथिरले सोमबार पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

महाथिरले आफ्नो राजीनामाबारे त्यहाँका राजालाई जानकारी गराएका छन्। नयाँ सरकार गठनको ढोका खोल्न भन्दै महाथिरले राजीनामा दिएका बताइएको छ। योसँगै महाथिरको सत्तारुढ दल वर्तमान गठबन्धनबाट बाहिरिएको छ।

यसै सातादेखिको राजनीतिक खिचातानी र शक्ति संघर्षपछि महाथिरले राजीनामा दिएका हुन्। आइतबार राति उनको पार्टीले अनवर इब्राहिमबिना नै नयाँ सरकार गठन गर्ने समाचार आएको थियो। उक्त समाचारपछि दुवै नेताबीच मतभेद चुलिएको थियो। 

महाथिर र अनवरबीच लामो समयदेखि शक्ति संघर्ष चलिरहेको छ। सन् २०१८ को निर्वाचनमा दुवै नेता मिलेका थिए। निर्वाचनमा बहुमत ल्याएपछि तत्कालीन प्रधानमन्त्री नजिव रजाक सत्ताच्युत भएका थिए।

तर महाथिर र अनवरको सहकार्यमा पछिल्लो समय तनाव देखिएको थियो। उनले समय तालिका बनाएर अनवरलाई शक्ति हस्तान्तरण गर्ने भनेपछि दुवैबीच तनाव देखिएको थियो। तर महाथिरको प्रस्तावपछि पकटन हरपन गठबन्धनका नेता अनवर रुष्ट थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.