राजपाको कार्यालयमा तीन दलबीच वार्ता, मोर्चाबन्दी तयारी

|

काठमाडौं : नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दी सुरु गरेको छ। कांग्रेसले सदनमा रहेका तर, सरकारमा नरहेका समाजवादी र राजपासँग छलफल गर्दै सरकारविरुद्ध आफुसँगै उभिन प्रस्ताव गरेको हो।  

सोमबार कांग्रेसकै प्रस्तावमा राजपा संसदीय दलको कार्यालयमा कांग्रेस, राजपा र समाजवादी पार्टीका नेताहरु छलफलका लागि एकठाउँ जुटेका हुन्।

आइतबार बसेको कांग्रेसको बैठकले अन्य दलसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो। सोमबारको छलफलमा तीनपार्टी बिच जनचासोको विषयमा कार्यगत एकता गरी संसदमा एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। 

‘सरकारले गरेको भ्रष्टाचारको भण्डाफोर गर्न तीन दलबीच समझदारी भएको छ,’ उनले भनिन्, ‘सञ्चारमन्त्रीको अडियो र अन्य जनचासोको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने कुरा पनि भएको छ।’

छलफलमा राजपा संसदीय दलका नेता महन्थ ठाकुर, प्रमुख सचेतक लक्ष्मणलाल कर्ण,  कांग्रेस सचेतक पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, अख्तर मुसलमान र समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.