|

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। 

विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा  दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको हो। घटनामा २५ जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। 

प्रदर्शनकारीले ठाउँठाउँमा आगजनीसमेत गरेका छन्। हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाएको छ।

हिंसा फैलिएको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो। भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.