फिचर : फोटो फिचर

भेरी नदीमा रमाइलो र्‍याफ्टिङ (फोटो फिचर)

फागुन १३, २०७६

    रुकुम : रुकुम र जाजरकोट सिमाना भएर बग्ने भेरी नदीको प्रचारप्रसार र पर्यटन पवर्द्धनका लागि भेरी नदीमा र्‍याफ्टिङ गरिएको छ। नेपाल भम्रण वर्ष २०२० र घुमौं कर्णालीलाई लक्षित गरी कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भेरी नदीमा र्‍याफ्टिङ गरेको हो।

    रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको प्रक्रैयाँदेखि चौरजहारीको बाँसखोलासम्म र्‍याफ्टिङ गरिएको हो। नेपाल वर्ष २०२० लाई लक्षित गरी भेरी नदीमा र्‍याफ्टिङ शुरु गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिङ बुढाले बताए।

    उक्त र्‍याफ्टिङमा मन्त्री बुढासहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व-गृहमन्त्री तथा सांसद जनार्दन शर्मा लगायतका अन्य विशिष्‍ट व्‍यक्ति सहभागी थिए। कर्णाली र भेरी नदी र्‍याफ्टिङका लागि उपयुक्त भएको र कर्णालीका सबै पर्यटकिय क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले नै भेरी नदीमा र्‍याफ्टिङ शुरु गरिएको उनको भनाइ छ।

    भम्रण वर्ष अवधिमा कर्णाली प्रदेश सरकारले कर्णालीमा एकलाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले धनी भएकाले यहाँको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि पर्यटनसम्बन्धी विभिन्न कार्यक्रम सञ्‍चालन गरिएको हो। भेरी नदीमा शुरु गरिएको चारवटा र्‍याफ्टिङमा झण्डै ४० जना आन्तरिक पर्यटकले र्‍याफ्टिङ गरेका हुन्।  

मेगराज खड्का

खड्का थाहा खबरका रुकुम समाचारदाता हुन्। इमेल : sancharkarmi.megraj@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]