‘कोरियामा भएका नेपालीका विषयमा तदारुकता देखाउँनुपर्छ’

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य भीम रावलले गल्ती गर्नेलाई कार्वाही गर्दा पद र पार्टी हेर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता रावलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पद पार्टी, पृष्ठभूमि हेरेर कार्वाही गर्न नहुने बताएका हुन्।

‘अख्तियार कुनै राजनीतिक आडमा चल्न हुदैन’ उनले भने, ‘दोषीलाई नेपालको कानुनबमोजिम कारबाही गर्नुपर्छ।’ कार्बाही गर्दा कुनै व्यक्तिलाई अदालतले निर्दाेष ठहर गरेपछि उसलाई दोषी भन्‍न नहुने बताए। ‘बचाउन मन लागेको मान्छेलाई एउटा आवाज मन नलागेको मान्छेलाई अर्काे आजाव उठाउने गर्न मिल्दैन’ उनले भने, ‘नेपाली जनताले हामीलाई जुन विश्वास गरेर जनप्रतिनिधिको रूपमा सरकार सञ्चालन गर्न दिएका छन्, यसको सदुपयोग गर्न सक्नुपर्छ।’ 

उनले राष्ट्रयको स्वाधिनता, अखण्डतालाई विषयमा ध्यान दिनुपर्नेमा जोड दिए। ‘सुदूरपश्चिमको दार्जुलाको लिम्पियाधुरा, कालापानी क्षेत्रमा भारतीयले बनाएको पुल भत्काएको कुरा त सुनेका छौँ’ उनले भने, ‘तर, त्यो क्षेत्रमा भारतले व्यापक सडक खनेको कुरा जनताले भनेका छन्। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ देश सानो भए पनि कुनै देशको राष्ट्रियता सानो नहुने उनले जिकिर गरे।

छिमेकी देशबाट संक्रमणको रूपमा फैलिएको कोरोना भाइरस कोरियामा समेत फैलन पुगेकाले सरकारले तदारुकता देखाउनु पर्ने उनले बताए। ‘चीनमा रहेको थेरै व्यक्तिलाई ल्याउँनसमेत सरकारलाई समस्या परेको थियो’ उनले भने, ‘कोरियामा नेपालीहरूको धेरै संख्या ठूलो छ। त्यसबाट हुने दुर्घटना हुनसक्छ। त्यस विषयमा बेलैमा सरकारले तदारुकता लिन आवश्यक हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.