कर्मचारी र मन्त्रीले मिलेर भ्रष्टाचार बढाएको गुनासो

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न दिने गरी संविधान संशोधन गर्न खोजिएकोमा सांसदहरुले आपत्ति जनाएका छन्। 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ नेकपाकै सांसद गजेन्द्र महतले एउटा व्यक्तिका लागि बेला न कुबेला संविधान संशोधन गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे।

उनले अहिलेको अवस्थामा संविधानको ‘स’ मात्रै उठाए पनि जनविद्रोह हुने चेतावनी दिए। ‘यो बेलामा संविधान संशोधनको ‘स’ मात्रै उठाउनुभयो भने पनि जनविद्रोह थेग्न गाह्रो हुन्छ’, उनले भने, ‘नेताहरुलाई राम्रोसँग थाहा होस्, संशोधनको ‘स’ मात्रै उठाउँदा विद्रोहले बढारिदिन्छ’, उनले भने, ‘अहिलेको अवस्थामा सरकारले भ्रष्टाचार घटाउन लाग्नुपर्छ, संविधान संशोधन होइन।’

अहिलेसम्मको देशको अवस्था हेर्दा सबैजना भ्रष्टाचारमै लिप्त भएको उनले बताए। कर्मचारी र मन्त्रीले मिलीमिली भ्रष्टाचार गर्ने गरेको उनले आरोप लगाए। ‘टाठो मन्त्री हुँदा आफैँ खाँदा रछन्, टाठो मन्त्री नहुँदा कर्मचारीले खाँदा रहेछन्’, उनले भने, ‘कर्मचारी र मन्त्रीले मिलीमिली खाँदा रहेछन्। यो बेला सरकारले भ्रष्टाचार घटाउनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.