|

खोटाङ : खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मतपछि परीक्षण उडान गएिको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित विमानस्थलमा पहिरोको कारणअवरुद्ध भएको झण्डै २१ महिनापछि नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको हो।

नेपाल एयरलाइन्सको जहाजले मंगलबार सफलरूपमा परीक्षण उडान गरेको हो। विमानस्थलको डिलको माटो कटान हुँदा रन-वेसम्मको भाग भासिएपछि मर्मत गरिएपछि विमानस्थलमा काठमाडौंबाट संविधानसभा सांसद एवं प्रदेशसभा सांसद रामकुमार राई, प्रदेशसभा सांसद उषाकला राईसहित आएको जहाजले सफल परीक्षण उडान गरेको हो।

२०७५ साल जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन-वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको दक्षिणतर्फको डिलबाट पहिरो सुरु भएपछि विमानस्थल अवरुद्ध भएको थियो। कटानका कारण विमानस्थलको रन-वेभन्दा २/३ मिटर नजिकसम्मको भाग भासिएपछि कान्छाराम कन्ट्रक्सनले करिब साँढे ६ करोडमा विमानस्थल मर्मतको काम पुरा गरेको हो।

परीक्षण उडानका क्रममा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधि, नेता तथा स्थानीयले खानीडाँडामा नियमित उडानका लागि नेपाल वायु सेवा निगमका प्रतिनिधिसमक्ष माग गरेका छन्। प्रदेशसभाका सांसद रामकुमार राई र उषाकला राई, जिसस प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव रामप्रसाद दंगाल, जिल्ला कार्यालय सदस्य जलसेर राईलगायतले खानीडाँडा–काठमाडौं मात्र नभएर खानीडाँडा-विराटनगर उडानका लागि व्यवस्था मिलाउन आग्रह गरे।  

नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचनले भने खानीडाँडा विमानस्थलमा मंगलबार र शनिबार नियमित उडानको व्यवस्था मिलाइने बताए। २०७२ साल असारमा कालोपत्रे गरिएको हो। २०७५ साल जेठदेखि अवरुद्ध विमानस्थल नियमित उडानका लागि तयार भएपछि जिल्लाबासी उत्साहित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.