|
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीका आवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक कांग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सकने बताएका हुन्।

उनले प्रजातन्त्रका लागि कुनै पनि समयमा अन्तिम लडाइँ लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेतालाई एकजुट हुन आग्रह गरे। कुनै पनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्नेसमेत बताए।

सभापति देउवाले कांग्रेसभित्र केही विवाद देखिए पनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत बताए। तर, राष्ट्रको हितका लागि कांग्रेस सधैँ एकजुट भएर लडाइँ लडेको भन्दै अब पनि अन्तिम लडाइँ लडन तयार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.