जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका-८ मिथिला बिहारी मन्दिरबाट निस्केको १५ दिने परिक्रमामा सहभागी एक साधुको मृत्यु भएको छ।
मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका-८ कचुरीकै साधु निर्धन यादव रहेका छन्। उनी सोमबार राति परिक्रमाका क्रममा भारत बिहार राज्यको कल्याणेश्वर पुगेका थियो। त्यहीँ रात बिताएका यादपको मंगलबार मृत्यु भएपछि शव दाहसंस्कारका लागि घर ल्याएको छ।
परिक्रमामा सहभागीले नांगो खुट्टा हिँड्नुपर्छ। हिँड्दाहिँड्दै कमजोर बनेका यादव बिहान घुरा तापिरहेकै बेला ढलेका थिए। उनको त्यहिँ नै मृत्यु भएको बताइएको छ। उनलाई मंगलबार घर ल्याएरपछि दाहसंस्कार गरिने कचुरीका विनोद यादवले जानकारी दिए।
मिथिला विहारी मन्दिरबाट आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोला बाँधमा बोकेर निकालेपछि परिक्रमा सुरु भएको थियो। नेपाल र भारतको कुल १३३ किलोमिटर यात्रपश्चात परिक्रमा जनकपुर आएर होली खेलेपछि विधिवत समापन हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।