|
फाइल तस्बिर

सिरहा : लहानबाट प्रहरीले करिब साढे १५ लाख मूल्य बराबरको सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लहान नगरपालिका १९ छरापट्टीका २४ वर्षीय मोहम्मद मोतिउल रहमान र सोही ठाउँका २१ वर्षीय मो. मुर्तुजा छन्। लहान नगरपालिका-१९ छर्रापट्टीबाटै दुवैजनालाई गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो।

को. ३८ प. २६३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सुनका चार टुक्रा (२३३ ग्राम) बरामद भएपछि दुवैजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनले कहाँबाट सुन ल्याएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

उनका अनुसार बरामद सुन १५ लाख ५८ हजार ७९ रुपैयाँ बराबरको रहेको छ। सुनसहित पक्राउ परेका दुवैलाई प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.