|

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरुबीच प्रश्नोत्तरको कार्यक्रम छ। 

सांसदहरुले सोध्ने मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री बस्नेतले जवाफ दिने संसद सचिवालयले जनाएको छ। बैठकमा अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धि अन्तर्गतको पार्लेमो अभिसन्धीमाथि पनि छलफल हुनेछ। 

संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नागरिक लगानी कोष (दोस्रो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले राष्ट्रिय खेलकुद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ। 

सभामुखले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, कारागार विधेयक, बीऊ बिजन दोस्रो संशोधन विधेयक र विरुवा संरक्षण पहिलो संशोधन विधेयक छलफल र पारितका लागि पेश गरिने संसद सचिवालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.