|

तनहुँ : म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहनेछन्।

२०६८ सालको जनसंख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ। कुल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसंख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.