|

काठमाडौँः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका लागिसिफारिस गर्ने निर्णय गरेको हो।

बैठकबाट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने मनोनित सदस्यको रुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

अर्थमन्त्री युवराज खतिवडाको यही २० गते दुई बर्षे कार्यवधि सकिँदैछ। खतिवडाको स्थानमा गौतमलाई ल्याउन लागिएको हो।

गौतमलाई राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्‍ने बाटो खुला गराउने भन्ने गत शनिवार बसेको सचिवालय बैठकले संविधान संशोधनको कार्यदल समेत बनाएको चर्चा चलेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.