|

बैतडी : लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिवादबारे सरकारको ध्यानाकर्षण गराउन भन्दै बैतडीका एक युवाले बुधबारदेखि रिले अनसन सुरु गरेका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका चन्द्रदेव जोशी ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेका  हुन्।

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा नेपाली सेना राख्नु पर्ने र सीमा बिवादका विषयमा दुई देशका सरकार प्रमुखबीच छलफल भई निष्कर्षमा पुग्नुपर्ने लगायतका माग राखी अनसन सुरु गरेको जोशीले बताए। 

जोशीले ३ दिन बैतडीमा अनसन बसी त्यसपछि दार्चुला, कैलाली हुँदै काठमाडौं जिल्ला प्रशासन अगाडि समेत अनसन बस्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.