|

सल्यान : सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ मोख्लाका २९ वर्षीय रमेश बुढाथोकीको ज्यान गएको हो। मोख्लाबाट पटारे आउँदै गरेको रा ३ प ८८८८ नम्बर मोटर साइकल पटारेखोलामा दुर्घटना भएको हो।

बुधबार बिहान बुढाथोकी मृत्त फेला परेकाले मंगलबार राति दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटना थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.