समाज : सुरक्षा/अपराध

वीरगन्जको यातायात कार्यालयमा अख्तियारको टोली

फागुन १४, २०७६

    पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जका कागजात नियालिरहेको छ। समय समयमा भ्रष्टाचार र घूस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा अख्तियारको टोली पुगी अहिले कागजपत्र नियालिरहेको हो।

    ‘अहिले हेर्दैछौं, कसैलाई नियन्त्रणमा लिएका छैनौं। कागजात हेरेपछि कुनै कमजोरी भेटिए, पछि जानकारी दिन्छौं’  उनीहरूले भने। अख्तियारमा परेको उजुरी अनुसार नियमित चेकजाँच गर्न टोली पर्साको यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले बताए।

    'अहिले छापा मारेको होइन। नियमित चेकजाँच गर्ने क्रममा कार्यालयमा परेको उजुरीअनुसार निगरानी गरिएको हो। टोलीले कुनै आधार प्रमाण फेला परे जानकारी गराउँछु' उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]